काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजी बजारमा प्रर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारले तयारी गरिरहेको बताएका छन् ।
नेपाल निर्यात परिषदको २७औँ वार्षिक साधारणसभाको सम्बोधन गर्दै उाले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरू बनाइरहेको बताएका हुन् । उनले लगानीको मुनाफा सुनिश्चीत गर्न नीतिगत सुधारमा सरकार लागिपरेको बताए । मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका निजिक्षेत्रले उत्पादनमा जोड दिनुपर्ने बताए ।
उद्योग मन्त्री भण्डारीले आयातमुखी बजारलाई निर्यातमुखी बनाउन हाम्रा उत्पादित बस्तुहरुको प्रतिष्पर्धि क्षमतामा अभिवृद्धि गरी निर्यात प्रवर्धनको माध्यमबाट सम्पूर्ण नेपाली निर्यातित बस्तुहरूको निर्यातमा उल्लेख्य बृद्धि गर्न, र साथै लक्ष्यलाई मुर्तरुप प्रदान गर्न एवं नेपाली वस्तुहरूको विविधिकरण गरी निर्यात क्षेत्रको विस्तार गराई अन्तराष्ट्रिय बजार प्रवर्धनमा मार्ग प्रशस्त गर्न यस्ता दिवसले निकै ठूलो भुमिका खेल्ने बताए।
निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरूले निर्यात प्रवर्धन लगायतजन्य विविध पक्षहरूमा आइपर्ने समस्या, समाधानका उपाय, वस्तु प्रवर्धन, विकासका लागि अपनाउनु पर्ने रणनीतीहरू समेत सिक्ने अवसर प्राप्त गर्ने विश्वाश व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्