काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ३६ जनाको मृत्यु भएको चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले जनाएको छ । यो क्षति प्रारम्भिक विवरण मात्र हो। विस्तृत विवरण आउन बाँकी रहेकाे जनाएकाे हाे ।
तिब्बत र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो।
पूर्वी पहाड, मधेस र काठमाडौँ उपत्यकामासमेत केहीबेर भूकम्पको कम्पन महसुस गरिएको थियो। नेपालको पूर्वी पहाडमा अहिलेसम्म भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन ।
प्रतिक्रिया दिनुहोस्