काठमाडौँ । हिजाे (मंगलबार) बिहान ०६ः५० बजे चीनको सिजाङ स्वायत्त क्षेत्रमा केन्द्रविन्दु भई गएको ७.० रेक्टरको भूकम्पको कारण नेपालमा विभिन्न स्थानहरूमा क्षति पुगेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तंथ्याक अनुसार भौतिक संरचनामा १७ वटा घरहरू आंशिक रूपमा भत्किएका छन्, भने १ घर पूर्ण रूपमा र १ गोठ पूर्ण रूपमा ध्वस्त भएको छ। साथै, २ वटा सरकारी कार्यालय, १ विद्यालय र २ वटा प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको छ।
यस भूकम्पबाट भएको कुल क्षति रकम २२ लाख २५ हजार रुपैयाँ रहेको छ। घटनाका क्रममा २६ वटा घटना रेकर्ड भएका छन्। त्यस्तै २ जना घाइते भएका छन् र ११ जनालाई उद्धार गरिएको छ।
भूकम्प प्रभावित क्षेत्रका स्थानीयहरूलाई आपतकालीन सेवाहरूको सम्पर्कका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्