काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे मौजुुदा नीतिहरू प्रभावकारी नभएको निष्कर्ष निकाल्दै मन्त्रालयगत नीति निर्माणमा सक्रियता बढाएका छन् ।
मन्त्री पाण्डेको सक्रियतामा हाल पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम चरणका लागि योजना आयोगदेखी ऐमालेलाई छलफलमा बोलाएका थिए । मौजुुदा नीतिहरू प्रभावकारी नभएको र परिमार्जनको आवश्यकता रहेको निष्कर्षका साथ मन्त्रालय मातहतका कानुन परिमार्जन, संशोधन र पुन: निर्माण कार्यलाई तिव्रता दिएको हुन् ।
बुधबार भएको छलफलका क्रममा मन्त्री पाण्डेले भने, “शासकीय स्वरूप परिवर्तन भएपनि पूरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न सकेका छैनन् । तिनीहरूलाई व्यस्थित र निर्देशित दिने काम नीतिले नै गर्ने गर्छ। पुराना संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन्।”
उनेले नीतिगत रूपमा कहाँ त्रुटी छन् त्यसको पहिचान गरि राजनीतिक दलको सक्रिय सहभागीता र सुझावमा आधारमा अन्तिम रूप दिने काम भईरहेको बताए ।
त्यसैगरी पर्यटन नीति २०८१ को मस्यौदा निर्माणमा सहभागीता जनाउँदै नेकपा एमालेका महासचिव शंकर पोखरलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनुपर्ने बताए। उनले भने, “सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनुपर्छ।नेपालको भविष्य पर्यटन क्षेत्रमा छ । यो हाम्रोलागि अवसर पनि हो। जलवायु परिवर्तनको विषय पनि ऐनमा समेटिनुपर्छ।” उनले पर्यटकीय दृष्टिकोणले पूर्वभन्दा पश्चिमी क्षेत्र अझै सम्भावना रहेको उल्लेख गरे
त्यस्तै पर्यटन नीतिको मस्यौदामा सहभागीता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐनलाई प्रतिस्तावित गर्दै नयाँ बन्ने नीतिले सिमाङ्कनमा ध्यान दिनुपर्ने बताए। महामन्त्री थापाले भने, “नीति निर्माणको क्रम निरन्तरता हुनुपर्छ। पुराना कानुको पूनरावलोकन हुनैपर्छ । नीति बनाउँदा सम्बन्धित अन्तरमन्त्रालयसँग समेत छलफल हुन जरुरी छ। पर्यकीय क्षेत्रमा सरकारभन्दा बढी नीजि क्षेत्र बढी सक्रिय र जिम्मेवार बन्न जरूरी छ।” महामन्त्री थापाले पर्यकीय क्षेत्रको विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे,खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु पर्नेमा समेत जोड दिए।
पर्यटन नीतिको मस्यौदामा मन्त्री पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी, मन्त्रालयका सचिव गणेश पाण्डेय, पर्यटन विभागका कार्यकारी निर्देशक सहसचिव डा. नारायण रेग्मी, पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीसहित विज्ञ र जानकारहरूले सहभागीता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्