काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् ।
एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।
उनी विरुद्ध केहि दिन अघि पक्राउ पुर्जी जारी भएको एसपी नारायण चिमोरियाले बताए ।
नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्