रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौँ । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप लागेको छ ।

यसै आरोपमा उनलाई गत कात्तिक २ गते काठमाडौँस्थित केन्द्रीय कार्यालयबाटै पक्राउ गरिएको थियो ।