रवि लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित


काठमाडाैँ । पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् ।

आइतवार बिहान लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका हुन्  । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुदद दर्ता गरिएको छ ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।