काठमाडौँ । काठमाडौँसहित देशभरका विभिन्न स्थानमा मकर संक्रान्ति (माघी) पर्व मनाइएको छ ।
मंगलबार माघे संक्रान्तिको दिन काठमाडौँको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् । वसन्तपुरमा भेला भएर थारु समुदायका सदस्यहरूले टुँडिखेलसम्म नाच्दै गाउँदै र्याली निकालेका थिए ।
माघी पर्वका अवसरमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफलता प्राप्त हुने विश्वास थारू समुदायमा छ ।
प्रतिक्रिया दिनुहोस्