७ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमूहको सेयरमूल्य घटेको छ ।

सिन्धु विकास बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ५७ लाख २९ हजार ४४१ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बोटलर्स नेपाल (बालाजू), विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीहरुको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बिहीबार पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल २९६ कम्पनीको एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।