शुक्रबार बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक हजार ३०० रुपैयाँले बढेर एक लाख ५७ हजार ९०० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर एक हजार ८९० रुपैयाँ पुगेको छ ।