जनमैत्री बहुमुखी क्याम्पसले आयाेजना गरेकाे ‘इन्टरनेसनल कनफेरेन्स’ काठमाडौँमा सुरु


काठमाडौँ । काठमाडौँको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले पहिलोपटक आयाेजना गरेको ‘इन्टरनेसनल कनफेरेन्स’ काठमाडौँमा सुरु भएको छ ।

काठमाडौँ गौशाला स्थित पौवा होटलमा आज सुरु भएको कनफेरेन्स भोलीसम्म चल्ने क्याम्पसले जनाएको छ ।

कनफेरेन्समा देशभरका ५० भन्दा बढी क्याम्पसका साथै भारत,बंगलादेश,कोरिया,अमेरिका र युकेसहित नेपालका विशेषज्ञहरूको सहभागिता भएको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख भोलानाथ ओझाले गुणस्तरीय शिक्षाको विषयमा पहिलोपटक ‘इन्टरनेसनल कनफेरेन्स’ आयोजना गरेको बताए । उनले भने,“गुणस्तरीय शिक्षाको विषयमा हामीले पहिलो पटक अन्तराष्ट्रियस्तरको कार्यक्रम गरेका छौँ । ”

जनमैत्री बहुमुखी क्याम्पसका शैक्षिक प्रशासन प्रमुख रुद्रहरी ज्ञवालीले सम्मेल शैक्षिक क्षेत्र र ज्ञानको खोजीका लागि नयाँ कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम अवधिभर ३८ ओटा अनुसन्धान पत्र प्रस्तुत हुने र ४ ओटा प्लेनरी शत्र चल्नेछन् ।

८ ओटा ‘कि नोट स्पिकर’ हुने छन् । कार्यक्रममा अनुसन्धानकर्ता फ्याकेल्टी सदस्यहरू सदस्यहरू, पिएचडी विद्यार्थीहरू र अनुसन्धानमा चासो राख्ने व्यक्तित्वहरूको कार्यक्रममा सहभागिता रहेको छ ।

कनफेरेन्सको मुख्य उद्देश्य उच्च शिक्षा क्षेत्रका समस्याहरूको समाधान र गुणस्तर सुधार गर्ने तरिका खोज्ने रहेको क्याम्पस प्रमुख भोलानाथ ओझाले जानकारी दिए ।