६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेकाे हाे ।

माघ २७ गते राष्ट्र बैंकले साँवाब्याज भुक्तानी गर्ने उल्लेख गरेको छ । निक्षेप संकलन उपकरणका ेबोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।