काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ८०० रुपैयाँले घटेर एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर एक हजार ८६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्