तोलामा ११०० रुपैयाँ बढ्यो सुन


काठमाडौँ । आज मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार छापावाला सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढेर तोलाको एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।

यसअघि सोमबार छापावाला सुनको मूल्य तोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको एक हजार ८७५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।