काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ माघमा अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्