काठमाडाैँ । चीनले एक हजार साइकलको पहिलो ब्याच सोमवार नेपाली विद्यार्थीलाई प्रदान गरेको छ । जसबाट मधेस प्रदेशका दुई जिल्लाका नौ सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित भएका छन् ।
सुरूमा यस परियोजना अन्तर्गत बारा जिल्लाका पाँच विद्यालयका ५०४ विद्यार्थी र पर्सा जिल्लाका चार विद्यालयका ४९६ विद्यार्थी समेटिएका छन् । बाइक–साझेदारी सेवा प्रदायक हेलो इंकद्वारा प्रदान गरिएको बाइक प्राप्त गर्ने कम्बोडिया र लाओस पछि नेपाल तेस्रो देश बनेको छ ।
जसमा चाइना फाउण्डेसन फर रुरल डेभलपमेण्टले यातायात खर्च वहन गर्ने फाउण्डेसनको नेपाल कार्यालयका निर्देशक जोउ झिकियाङले बताए । हेलो इंकसँगको सहकार्यमा फाउण्डेसनले २०२१ मा अन्तर्राष्ट्रिय साइकल परियोजना सुरू गरेदेखि २०२४ को अन्त्यसम्ममा कम्बोडिया र लाओसलाई ६ हजार २४ साइकल दिइसकेको छ । चिनियाँ दुतावासले नेपालमा परियोजनाहरूलाई प्रवद्र्धन गर्न र नेपाली जनतालाई थप लाभ पुर्याउन जारी राख्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्