माघ २४ गतेदेखि ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ निष्काशन हुँदै


काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ निष्काशन हुने भएको छ । फण्डले यही माघ २४ गतेदेखि १२ करोड इकाईका लागि आवेदन खुला गर्ने भएको छ । एनएमबि बैंक कोष प्रवद्धक रहेको फण्डको योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको छ । यो एक बन्दमुखी योजना हो ।

प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाइ कोष प्रवद्धक एनएमबि बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि छिटोमा माघ २८ गते र ढिलोमा फागुन ८ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।