नेप्से झिनो अंकले बढ्दा ६ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमूहको सेयरमूल्य घटेको छ ।

आज सिइडिबी होल्डिङ्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ७६ लाख ३५ हजार २९२ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर बढेर सकारात्मक सर्किट लागेको छ ।

मंगलबार रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.९६ प्रतिशतले घटेको छ ।

कुल ३११ कम्पनीको एक करोड १६ लाख २६ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।