काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही महिनाको तुलनामा ९.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको आयात ७.०६ प्रतिशतले बढ्दा निर्यात ३१.७८ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालले ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार रुपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।
यस्तै, यो अवधिमा नेपालले ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालको व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९३ खर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको थियो भने चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्