काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहारो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६१ करोड ३६ लाख ४८ हजार २२० रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्टी पावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर बढेर सकारात्मक सर्किट लागेको छ ।
बुधबार बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।
कुल ३२२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३४९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्