काठमाडाैं । महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा शुरु गरेको हो ।
काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको प्रा.लि. ले जनाएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रा.लि.लाई हस्तान्तरण गरेको हो ।
नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा बिस्तार गरेको महान्ग्र यातायात प्रा.लि.का उपाध्यक्ष सन्तोष खतिवडाले बताए। आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न शुरु गरेको जानकारी दिए । साथै महानगर यातायात प्रा.लि.ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि उनले बताए ।
उनले महानगर यातायात प्रा.लि.ले छिटै नै १० वटा विद्युतीय बसहरु समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए। —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्