काठमाडाैँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिमा उनले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिए ।
सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको उनकाे भनाइ छ । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानून मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे ।
उनले सरकारले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नसके ठूलो र ऐतिहासिक उपलब्धी हुने बताए ।
प्रतिक्रिया दिनुहोस्