काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ८८० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्