काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को पुस महिनासम्ममा निर्जीवन बिमा कम्पनीहरूले २० अर्बभन्दा बढी रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा कुल १३ लाख ८९ हजार ३१९ वटा बिमालेख जारी गरी कुल २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।
यता आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेकाे छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड रुपैयाँ संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको भने एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड, आाेरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छन् ।
त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेपाल इन्स्योरेन्सले १ अर्ब ९करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख र नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्