काठमाडौँ । चालु आर्थिक वर्ष २०८०\०८१ को ६ महिना पुससम्म १४ वटा जीवन बिमा कम्पनीमा बिमा पोलिसी सरेन्डर गर्नेहरूको संख्या ५४ हजारभन्दा बढी रहेको छ ।
नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुससम्म बीमितहरूले ५४ हजार ४१४ वटा बिमालेख सरेन्डर गरेका हुन् । प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरूको कुल ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बिमा पोलिसी सरेन्डर भएको छ ।
यो अवधिमा सबैभन्दा बढी बिमा पोलिसी सरेन्डर गर्नेमा एलआइसी नेपालबाट भएको छ । ६ महिनाको अवधिमा सो कम्पनीबाट १३ हजार ९६८ वटा पोलिसी बराबर २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, नेपाल लाइफको १२ हजार २४१ वटा बिमा पोलिसी वापत २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
राष्ट्रिय जीवन बिमा कम्पनीको ७ हजार २०७ बिमा पोलिसी वापत ६७ करोड ६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । सोही गरि एशियन लाइफको ४ हजार ४०५ वटा बिमा पोलिसी वापत ४६ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ भने नेशनल लाइफको ३ हजार १०४ वटा पोलिसी वापत ४६ करोड ५१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।
यता सूर्यज्योति लाइफको २ हजार ९४० वटा पोलिसी वापत ३८ करोड ९४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर हुँदा हिमालयन लाइफको ३ हजार ५९० वटा बिमा पोलिसी वापत ३३ करोड २३ लाख लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
त्यसैगरि मेट लाइफको १७ सय ९४ वटा बिमा पोलिसी वापत १९ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ भने सानिमा रिलायन्स लाइफको ९२४ वटा पोलिसी वापत १३ करोड १२ लाखरुपैयाँको पोलिसी सरेन्डर भएको हो । यता सिटिजन लाइफको १३ सय ८८ वटा बीमा पोलिसी वापत ११ करोड ५८ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । आइएमई लाइफको ९०८ वटा बीमा पोलिसी वापत ९ करोड ८६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।
प्रभु महालक्ष्मी लाइफको ७०३ वटा बीमा पोलिसी वापत ९ करोड ८२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ भने रिलायबल नेपाल लाइफको ८६३ वटा बीमा पोलिसी वापत ५ करोड ५६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन् नेपाल लाइफको ३६१ वटा बीमा पोलिसी वापत ३ करोड ५२ रुपैयाँको पोलिसी सरेन्डर भएको भएको बिमा प्राधिकरणको तंथ्याकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्