सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छः मन्त्री यादव


काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बजेट बनाउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाई नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले मन्त्रालयले मुलुकभरका आम नागरिक पाउने खानेपानीको विषयमा अध्ययन गरेको भन्दै आगामी बजेटमा सबै नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेट व्यवस्थापन गरिने बताएका हुन् ।

उनले विगतका मन्त्रीले ल्याएको बजेटका विषयमा टिप्पणी नगर्ने भन्दै अब बजेट बन्दा खाने पानी नपुगेको उपभोक्तालाई समेत खानेपानी पु¥याउने गरी बजेट ल्याउने बताए । उनले खानेपानीको लागि पर्याप्त बजेट नभएकाले सबै उपभोक्तालाई सहज खानेपानी पु¥याउन समस्या भएको बताए । उनले वर्तनमा सरकार अगामी बजेटमा हिमाली,पहाडी वा तराईका जनताको हकमा बजेट बनाउने बताए ।

उनले खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएको बताए । उनले  अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बनाएर कार्यान्वयन गर्ने बताए । उनले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रवन्ध मिलाइएको दाबी गरे ।