काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहारो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३९ करोड ५३ लाख ७३ हजार २१२ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविद्युत्का लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आइतबार बोटर्लस नेपाल (बालाजू) लिमिटेड, ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८२ ८३, दोल्टी पावर कम्पनी र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३१८ कम्पनीको एक करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्