काठमाडौं । साताको कारोबारको दोस्रो दिन छापावाल सुनको मूल्य घटेको छ । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार आठसय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्