काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहमा हरियाली छाएको छ भने बाँकी ८ ओटा उपसमुहमा गिरावट आएको छ ।
सोमबार सिन्धुविकास बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ८३ लाख बढि रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
कुल ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड४० लाख ६५ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्