युएसएआइडीका चार वटा आयोजनाहरूमा कुनै दायित्व श्रृजना हुने कार्य नगर्नुस्ः अर्थमन्त्रालय


काठमाडाैँ । अर्थमन्त्रालयले युएसएआइडी श्राेततर्फ कुनै दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराएको छ।

अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको आयोजना अन्तर्गत युएसएआइडी श्रोततर्फ कुनै दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई अर्थमन्त्रालयले जानकारी गराएको हाे ।

विज्ञप्तीमा भनिएकाे छ, “युएसएआइडी र नेपाल सरकारबिच ०५ मे २०२२ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रीमेन्ट (डिअाेएजी) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका (अन-बजेट अन-ट्रेजरी) चार वटा आयोजनाहरु युएसएआइडी हेल्थ डाइरेक्ट फाइनान्सिङ प्राेजेक्ट, युएसएआइडी एग्रीकल्चरल डाइरेक्ट फाइनान्सिङ प्राेजेक्ट, युएसएआइडी एजुकेशन प्राेजेक्ट र युएसएआइडी इन्क्लुसिभ पाेलिसी डाइरेक्ट फाइनान्सिङ प्राेजेक्टमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको युएसएआइडी नेपालले पत्रमार्फत जानकारी गराएको छ। यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत युएसएआइडी श्रोततर्फ कुनै दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराईएको छ।”