काठमाडाैँ । जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा नेपालमा पहिलो पटक विश्व युवा सम्मेलन २०२५ नेपाल हुने भएको छ ।
सोमवार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका अध्यक्ष दीपककुमार गौतमले सम्मेलन विगत एक वर्षदेखि तयारी गरेर आगामी चैत १४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा हुन गइरहेको बताए ।
उनले एक लाख युवाहरूकाे बिचमा काठमाडौँ विश्वविद्यालय परिसरमा विश्व युवा सम्मेलन २०२५ नेपालको उद्घाटन हुने बताए । उनले जिल्ला समन्वय समितिको काम नभए पनि आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय युवा सम्मेलन नेपालमा पहिलो पटक गर्न लागिएको बताए ।
उनले सम्मेलनमा एक सय ५० भन्दी बढी देशका युवाहरू सहभागी हुने जानकारी दिए । उनले सम्मेलनले अन्तरसांस्कृतिक संवाद र आदानप्रदानले विविध संस्कृतिहरू बीचको समझदारी र सहयोगलाई बढावा दिन मद्दत पुग्ने बताए । उनले पछिल्लो समय हरेक नेपाली युवाहरु बाध्यताले मात्रै हाँसेको देखिएको बताए । विश्वका युवाहरुलाई आशा र सम्भावनाको खोजीको लागि सम्मेलन गर्न लागिएको उल्लेख गरे । उनले १० हजार विदेशी पाउनाहरु पाँच दिनदेखि काभ्रेमा रहने बताए ।
उहाँले २०२५ विभिन्न शिर्षकहरुमा रहेर सम्मेलनमा छलफल हुने बताउनु भयो । उहाँले सम्मेलनको अन्त्यमा धुलिखेल घोषणापत्र जारी गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्