काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि बोलकबोल माध्यमबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले यसको साँवा ब्याज फागुन ६ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणका ेबोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्