काठमाडाैँ । सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेकाे छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ल्याएको अध्यादेशहरू संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनकाअनुसार अध्यादेशहरू कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको छ । शहीद सप्ताहको बुधवार अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने बताए । उनले शहीद दिवसको स्मरणमा काठमाडौंमा कार्यक्रमको आयोजना गरिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्