काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आठबीसकोट, रुकुममा आफ्नो २०२औं शाखा उद्घाटन गरेको छ । आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते २०२औं शाखा उद्घघाटन गरेको हो ।
आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा उद्घाटन भएको हो ।
नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।
एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्