काठमाडाैँकाे टुँडिखेलमा सोनाम ल्होछारको रौनक (फाेटाे फिचर)


काठमाडाैँ । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रूपमा मनाउँदैछन् ।

यो ल्होछार हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । सोनाम ल्होछारको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा जीवजन्तुका नामबाट १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।