काठमाडौँ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। कम्पनीले पर्यावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यले यी चार्जिङ स्टेसनहरूको विस्तार गरेको हो।
एमएडब्लू वृद्धिले आगामी दिनहरूमा थप १०० चार्जिङ स्टेसन थप्ने योजना बनाएको छ। यस पहलमार्फत कम्पनीले देशभर विद्युतीय सवारी साधनका प्रयोगकर्ताहरूलाई सहज र प्रभावकारी चार्जिङ सुविधा उपलब्ध गराउने तथा ईभी पूर्वाधारलाई मजबुत बनाउने लक्ष्य लिएको छ।
सिसिएस-टू कम्प्याटिबल चार्जिङ नेटवर्कसहितका यी चार्जिङ स्टेसनहरूले कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्न मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ। यसले विद्युतीय सवारी साधन प्रयोगकर्ताहरूलाई थप सहजता प्रदान गर्नुका साथै कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ईभी पूर्वाधार विस्तारसँगै एमएडब्लू वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई मजबुत बनाउन अग्रसर रहेको जनाएको छ। कम्पनीको दीर्घकालीन रणनीतिअनुसार विद्युतीय सवारी साधनहरूको व्यापक स्वीकृति तथा दिगोपनको संस्कृतिलाई प्रवर्द्धन गर्ने योजनासहित पूर्वाधार विस्तारलाई तीव्रता दिइएको छ।
प्रतिक्रिया दिनुहोस्