काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन् ।
शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभपति देउवाले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताएका हुन्। उनले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको बताए ।
उनले आम नागरिकहरुले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा वचतकर्ताहरू पीडित भएको बताए । सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महशुस गरेर अध्यादेश ल्याएको बताए। उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
सभापति देउवाले नेपाली काँग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पु¥याउन अभियानको रुपमा बिस्तार गर्न लागिपरेको बताए ।
प्रतिक्रिया दिनुहोस्