नेप्सेमा ६९ अंकको उछाल, ७ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ । विषेशगरी आज माइक्रो फाइनान्स उपसमुह सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढेको छ ।

आइतबार नेपाल इन्फ्रास्टक्चर तथा डेभलपमेन्ट (एनआरएन)को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४१ करोड ९७ लाख बढिको कारोबार भएको छ ।

कुल नेप्सेमा ७ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकात्मक सर्किट लागेको छ । सर्किट आउने कम्पनीमा ६ ओटा माइक्रो फाइनान्स र एउटा हाइड्रोपावर रहेको छ ।

आजको दिन सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।