जीवन विकास लघुवित्तको मुनाफा २० करोड माथि


काठमाडौं । जीवन विकास लघुवित्र वित्तीय संस्थाको मुनाफा वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो मसान्तसम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.५७ प्रतिशतले बढि हो ।

अघिल्लो वर्षको ७४ करोड ४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष उक्त आम्दानीमा २८.०४ प्रतिशतले वृद्धि गर्दै ९४ करोड ८१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

यस्तै संस्थाले १२ करोड ५१ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । त्यस्तै कम्पनीको रिजर्भको आकार पनि १ अर्ब ३४ करोड रुपैयाँबाट बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको ८१ अर्ब ४१ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाले कर्मचारीका लागि ४० करोड ५३ लाख र अन्य सञ्चालनका लागि १० करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ ।

संस्थाको चुक्तापूँजी १ अर्ब ३४ करोड र वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म ११ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २५ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेर ७२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५३.९१ रुपैयाँ रहेको छ ।