अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर बिरोध गर्नुको तुक छैनः सांसद महत


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर बिरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा उनले प्रतिपक्ष दलले अध्यादेश किन ल्यायो भनेर प्रश्न गर्नु स्वभाविक भएपनि कन्टेन्टमा कुनै नराम्रो कुरा नभएपछि बिरोधको अर्थ नहुने बताएका हुन् ।

उनले विपक्षी दलहरुले यसकारण यो अध्यादेश त्रुटीपूर्ण छ भनेर भन्न नसकेको बताए । सरकारको नेतृत्वले विशेष दुरुपयोग गर्ने लक्ष्यका साथ अध्यादेश ल्याएको भए दोष देखाइदिन उनले आग्रह गरे ।

उनले अध्यादेश ल्याएकै कारण बिरोध गर्ने र फेल गराउनुपर्छ भन्ने मान्यता उपयुक्त नरहेको बताए ।