काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको विधायिकी काममा राजनीतिक दलहरूले योग्यता प्रस्तुत गर्न नसकेको बताएका छन् ।
आइतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले राजनीतिक दल र संसदले प्रधानमन्त्री र सरकार बनाउन जति क्षमता विधायिकी कर्ममा राख्न नसकेको बताएका हुन्। संसदमा सांसदहरूले प्रस्तुत हुने शैलीका कारण जनताको संसदप्रतिको भरोसामा असर परेको समेत उनले बताए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक अहिलेसम्म पाि टुंगोमा नपुग्नुमा नयाँ पुराना सबै दोषी रहेको उनको भनाइ छ । उनले संसदको चालु अधिवेशनबाट अख्तियारसम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयक लगायतका विधेयकहरूलाई यो टुंग्याएर संसदको प्रधान दायित्वलाई निभाउनुपर्ने बताए ।
सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा उठेका प्रश्नहरूको बारेमा संसदभित्र र संसदबाहिर संवाद गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया दिनुहोस्