काठमाडाैँ । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौँको बबरमहल क्षेत्र जलमग्न बनेको छ ।
बुधवार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौँ जिल्ला अदालतको पुरानो भवन समेत डुबानमा परेका छन् ।
पाइप फुटेपछि अहिले बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्