काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रत्येक वर्ष ६० देखि ६५ हजार नेपाली नागरिक जलनमा पर्ने गरेको उल्लेख गरेकी हुन् । उनले नेपालमा जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रलाई गम्भिर रुपमा नलिँदा उच्च पदस्थ व्यक्तिहरु समेत जलनमा पर्ने गरेको बताइन् ।
उनले उच्च पदस्थ व्यक्तिलाई तत्कालै हेलिकेप्टरको व्यवस्था गरिने तर आम नागरिकले एम्बुलेन्स समेत पाउन नसक्ने अवस्था रहेको बताइन् । कंसाकारले ७ महिना अघि जनलसम्बन्धी गैरसरकार विधेयक संसदमा दर्ता गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्