एक सदनका सांसदलाई अर्को सदनले खेद प्रस्ताव पारित गर्नु दुःखद् छः सांसद पन्त


काठमाडाैँ । नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताएका हुन् । उनले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बिचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने बताए ।

उनले राष्ट्रिय सभा भनेको वृद्धाश्रम नभएको पनि बताउनु भयो । राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने बताए । उनले दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम गर्न नहुने र एकले अर्कोलाई सम्मान गर्नुपर्ने बताए ।