खोटाङको हलेसी बजारमा भएको आगलागिबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण


काठमाडाैँ । खोटाङको हलेसी बजारमा आईतवार साँझ भएको भिषण आगलागीबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समय लिएर सांसदहरूले आगलागि पीडितहरूलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका हुन् । आगलागिको नियन्त्रणका लागि आवयक पूर्वतयारी नगर्दा गम्भिर आगलागिका घट्नाहरु बढ्दै गएको उनीहरूको भनाइ छ ।

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सरस्वती बजिमयले आगलागी नियन्त्रणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका गराइन् । उनले स्थानीय पदम राईको हार्डवेयर पसलबाट सल्केको आगो समयमै नियन्त्रणमा लिन नसक्दा दुई पसल र दुई घर जलेर पूर्णरुपमा ध्वस्त भएको बताइन् । उनले सरकारले हरेक क्षेत्रमा दमकलको व्यवस्था गर्न सरकारसँग माग समेत गरिन् । उनले आगलागि पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकार र सदनको ध्यानाकर्षण गराइन् ।

“खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नं ७ हलेसी बजारस्थित ठूलो आगलागिको घट्ना घटेको छ । त्यो घटनामा पदम राईको खाना पकाउने भान्सामा आगलागी भई राईले सञ्चालन गरेको पूजा स्टोर, हार्डवेयरको पसल र दास्रो तलामा निधन उत्थान लघुवित्त संस्था पूर्णरुपमा क्षति भएको छ,” उनले भनिन् ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार राईले खोटाङ हलेसीका आगलागिका पीडितलाई तुरुन्त क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । उनले त्यस क्षेत्रमा खानेपानीको समेत अत्यन्तै समस्या भएको उल्लेख गर्दै खानेपानीको व्यवस्था गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले खोटाङको हलेसी बजारमा लागेको आगलागि दमकल नभएको कारण समयमै नियन्त्रणमा आउन नसकेको बताए । उनले आगलागिमा कुनै मानवीय क्षति नभएपनि करोडौं रुपैयाँको क्षति भएको उल्लेख गरे । आगलागिको घट्ना हलेसीको लागि मात्र नभई समग्र मुलुकको गम्भिर समस्या बन्दै गएको उनको भनाइ छ ।

खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिव चार घण्टापछि नियन्त्रणमा आएको थियो ।  हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिण्डरबाट साँझ ६ बजेतिर शुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिव ११ बजे मात्र नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ ।