बुधबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितलो एक लाख ६९ हजार ४०० रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य बुधबार एक हजार १०० रुपैयाँले बढेर एक लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।