काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणको लागि यहि फागुन २२ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित मूल्यमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको लागि अनुमति प्राप्त गरेको थियो । कम्पनीले पहिलो चरण मा २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
कुल कित्ता मध्ये कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ७ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुतथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासन तथा त्रिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले केयर रेटिङ नेपालबाट ‘इक्रा एनपी आईआर डबल बी ’रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।
प्रतिक्रिया दिनुहोस्