बाराका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । नापी कार्यालय, बाराका तत्कालीन अधिकृत दीनानाथ मिश्रसहित ८ जना कर्मचारीमाथि भ्रष्टाचार र सरकारी कागजातमा हेरफेर गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। आरोप अनुसार यी व्यक्तिहरूले सरकारी कागजातमा किर्ते गरी गैरकानूनी लाभ लिएको आरोप लागेको छ।

जिल्ला बारा, साविक डुमरवाना गा.वि.स. स्थित जग्गा मालिक सुदामा प्रसाद चौधरी र उनकी पत्नी रामपति देवी थरुनीको नाममा रहेको जग्गाको क्षेत्रफल बढाई बिक्री गर्न लेखापढी व्यवसायी जयलाल सहनीलाई घुस दिने प्रक्रिया पाइएको छ। उक्त रकम सर्वेक्षक सुनिल कुमार झा मार्फत अन्य प्रतिवादीहरूसम्म पुगेर क्षेत्रफलको गलत अभिलेख तयार गरिएको आरोप छ।

“नापी कार्यालयका कर्मचारीहरूले प्लट रजिष्ट्ररमा छेड़छाड गरेर मालपोत कार्यालयबाट तयार भएको गलत बकसपत्र लिखत तयार गरेका थिए। यस घटनामा संलग्न प्रतिवादीहरूसमेत अन्य सरकारी कर्मचारीहरू छन्, जसले मिलेमतोमा गलत लिखत तयार गरेर जनताको सम्पत्ति ठगी गरेका छन्,”आरोपपत्रमा भनिएको छ ।