झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहमा हरियाली छाएको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार नेपाल रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६५ करोड ६६ लाख ७ हजार ८५६ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ ।

कुल ३०९ कम्पनीको एक करोड ५६ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।