आइतबार ११ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक ११.६६ अंकले बढेर २७५५.४० अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आजको दिन नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्सेमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ताा सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख बढिको सेयर कारोबार भएको छ ।